Incident Reports

पोखरामा कांग्रेसको विरोधसभा

2021-02-01

Gandaki, Kaski, Pokhara Lekhnath

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत कास्की कांग्रेसले पोखरामा पनि प्रदर्शन गरेको हो । सोमबार कांग्रेसका सबै भ्रातृ संगठनले सबै जिल्लामा प्रदर्शन गर्ने तालिका अनुसार कास्कीमा पनि विरोध प्रदर्शन गरेको कांग्रेसका कास्की प्रवक्ता नवीन सिग्देलले बताए । ‘पोखरामा सोमबार कांग्रेसका १३ वटा भातृ संस्थाले संयुक्त रुपमा विरोध प्रदर्शन गरिरहेका छन,’ उनले भने, ‘संसद विघटनको विरोधमा कांग्रेसले गरिरहेको विरोध स्वरुप यो कार्यक्रम आयोजना गरिएको हो ।’पोखरामा भएको विरोधसभामा कांग्रेसका जिल्लास्तरका नेताहरुले सम्बोधन गरिरहेका छन । पोखरा चिप्लेढुंगाबाट सुरु भएको विरोध सभा विपीको शालिक परिक्रमा गरि महेन्द्रपुलमा पुगेर विरोध प्रदर्शन गरेको उनले बताए ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 60
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments