Incident Reports

काँग्रेसका युवाहरु सडकमा

2021-02-01

Madhes, Dhanusha, Janakpur

जनकपुरधाम ।

संसद विघटन बिरुद्ध नेपाली काँग्रेसका भातृ संगठनहरुले सोमबार विरोध प्रदर्शन गरेको छ ।माघ १३ गते बसेको काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकले संघर्षका थप कार्यक्रमहरु घोषणा गरेअनुरुप सोमबार पार्टीको भातृ संगठनहरुले विरोध प्रदर्शन गरेको हो । नेपाली काँग्रेसका भातृ संगठन नेपाल बिद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल मुस्लिम संघलगायतका संगठनहरुले जनकपुरधाममा वृहत विरोध प्रदर्शन गरेको हो ।

पार्टी कार्यालयबाट सयौंको संख्यामा निस्केको जुलुस क्याम्पसचोक, मुरलीचोक, रामचोक हुँदै जनकचोकमा पुगी कोणसभामा परिणत भएको थियो । जुलुसमा सहभागीहरुले केपी ओली तेरो पाराले दुःख पायो साराले, संसद विघटन गर्न पाइँदैन, संसद विघटनको असंवैधानिक कदम खारेज गर लगायतका नाराहरु लगाएका थिए । नेपाली काँग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्र, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७५३ वटै पालिका र माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वटै वडाहरुमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।

माघ २४ गते पार्टीका शुभेच्छुक संस्था र फागुन ३ गते जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने बताइएको छ ।

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments