Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-01-29

Lumbini, Rupandehi, Devdaha, Ward 7

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले देवदह नपा–७ मदनग्रामका ६५ वर्षीय बिरबहादुर गुरुङ्गलाई माघ १८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई  आरोपितले माघ १६ गते घरमा तरकारी लिन बोलाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बवाले माघ १८ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनु भएको थियो ।

उजुरीका आधारमा कारबाही अगाडि बढाइएकोे इलाका प्रहरी कार्यालय, बुटवलका  डिएसपी प्रतितसिंह राठोरले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १८ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments