Incident Reports

जोखिम भत्ताको माग गर्दै वीर अस्पतालका चिकित्सकहरु धर्नामा (तस्वीर)

2021-02-02

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं, २० माघ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि अग्रभागमा खटिएका (फ्रन्टलाइनर)लाई सरकारले जोखिम भत्ता दिने घोषणा गरेको थियो ।

सरकारले घोषणा गरेको उक्त जोखिम भत्ता केहीले पाएका छन्, भने केही अझैंसम्म पनि पाएका छैनन् । सोही जोखिम भत्ताको माग गर्दै वीर अस्पतालका चिकित्सकहरु पुनः धर्नामा बसेका छन् ।

कोरोना महामारीको समयमा काम गरेबापत् सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका चिकित्सकहरुले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने बताएका छन् ।

मंगलबार (आज) बिहानदेखि धर्नामा बसेका उनीहरुले प्रशासनले समस्या सम्बोधन नगरेसम्म सेवा सूचारु नगर्ने जिकिर गरेका छन् ।








Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Secondary Cause Government Relief
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments