Incident Reports

पत्रकारलाई अभद्र व्यवहार गरेको आरोपमा अधिकारी गिरफ्तार

2021-01-31

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 9

गुल्मी जिल्ला घर भइ हाल पोखरा मनपा–९ बस्ने पत्रकार रामकृष्ण ज्ञवालीलाई अभद्र व्यवहार गरेको भन्दै पोखरा मनपा–७ का पत्रकार राजेन्द्र अधिकारीलाई प्रहरीले माघ २० गते गिरफ्तार गरेको छ ।

समाधान पत्रिकाका सम्पादक तथा नेपाल पत्रकार महासङ्घ कास्कीका केन्द्रिय सदस्य ज्ञवालीलाई नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष समेत रहेका आरोपितले माघ १८ गते पोखरा मनपा–९ स्थित तुल्सीघाट नजिकै बाटोमा हिँडिहेका बेला हातपात गरेका थिए  ।

पीडितले आफूलाई अभद्र व्यवहार गरिएको भन्दै आरोपितविरुद्ध माघ १९ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

प्रहरीले आरोपितविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीमा अभद्र व्यवहार शीर्षक अन्तरगत मुद्दा दर्ता गरेर पाँच दिन म्याद थप गरी अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

घटना बारे आरोपितले प्रतिक्रिया दिदै आफ्नो व्यक्तिगत र पारिवारिक जीवनबारे सामाजिक सञ्जालमा बदनाम गरिएको विषयमा सामान्य धकेलाधकेल भएकोे बताउनुभएको छ ।

आरोपितको स्वास्थ्य परीक्षण माघ २० गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।

सुशन घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports