Incident Reports

बालबालिकालाई राजनीतिक सदस्य नबनाउन माग l

2014-06-19

काठमाडौं , असार ५ - राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले विद्यालय तहका विद्यार्थीलाई राजनीतिक सदस्य बनाउन नपाइने कानुन माग गरेको छ । नेसनल प्याब्सनले यसै साता सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनले पारित गरेको 'काठमाडौं घोषणापत्र' सार्वजनिक गर्दै यस्तो माग राखेको हो । 'विद्यालय हातामा कुनै पनि राजनीतिक संगठनको प्रवेश, क्रियाकलाप तथा कार्यक्रमलाई निरुत्साहित गर्ने गरी कानुनी व्यवस्था गरिनुपर्छ,' पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष कर्णबहादुर शाहीले भने । उनले राज्यले उच्च शिक्षामा दिने गरेको ४५ प्रतिशत आरक्षण कोटामा संस्थागत विद्यालयमा पढेका विद्यार्थीलाई पनि प्रतिस्पर्धाको अवसर दिइनुपर्ने माग गरे ।

0 Comments