Incident Reports

रौतहटमा माधव–प्रचण्ड समूहको मसाल जुलुस

2021-02-03

Madhes, Rautahat, Chandrapur

रौतहट, २१ माघ ।

बिहीबार नेकपा माधव–प्रचण्ड समूहले आव्हान गरेको आम हड्तालको पूर्व सन्ध्यामा रौतहटको चन्द्रनिगाहपुरमा नेकपा माधव—प्रचण्ड समूहले मसाल जुलुस प्रदर्शन गरेको छ ।

चन्द्रनिगाहपुरका विभिन्न स्थानबाट निस्किएको सो जुलुसलाई प्रहरीले चन्द्रनिगाहपुर मेनचोकमा पुगेपछि अवरोध गरेपछि प्रदर्शनकारी र प्रहरी बीच सामान्य झडप भएको थियो ।प्रहरीले प्रदर्शनकारीले हातमा बोकेको मसाल खोसेर निभाएको थियो । प्रहरीको अवरोधका वावजुद पनि प्रदर्शनकारीले मसाल जुलुस र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नारावाजी गर्दै प्रदर्शन गरेका थिए ।

उनीहरुले संसद पुर्नस्थापना हुनुपर्ने, प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने, संवैधानिक आयोगका नियुक्ती वदर हुनुपर्ने लगायतका मागसहित नारावाजी गरेका थिए ।

यसअघि संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद बिघटन गरेका प्रधानमन्त्री ओलीले मनपरी ढंगबाट संवैधानिक नियुक्ति गरेको विरोधमा बिहीबार देशव्यापी आम हड्तालको आवहन गएिको नेकपा माधव–प्रचण्ड समूहका जिल्ला संयोजक युवराज भट्टराइ ‘समिर’ले जानकारी दिए ।

उनले आम हड्तालमा विद्यालय, कारखाना, सार्वजनिक क्षेत्र र यातायात पनि ठप्प पारिने भएपनि यसअघि तय भएको परीक्षा भने निर्वाध रुपमा सञ्चालन गर्न दिने बताए ।

आम हड्ताललाई सफल बनाउन बिहीबार बिहानैदेखि जिल्लाभर ठुलो संख्यामा आफ्ना कार्यकर्ता परिचालन गरिने सो समूहले जनाएको छ ।







Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violent demonstration
Weapons Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments