Incident Reports

धादिङबेसीमा दोहोरो झडप दुई आन्दोलनकारी र दुई प्रहरी घाईते

2021-02-03

Bagmati, Dhading, Nilakantha

धादिङ : धादिङबेसीमा बुधबार साँझ प्रचण्ड नेपाल पक्षका कार्यकर्ताहरु र प्रहरी बीच दोहोरो झडप भएको छ। त्यहि क्रममा नेकपा जिल्ला कमिटि सदस्यहरु कृष्ण अर्याल, लक्ष्मण रम्तेल र प्रहरी तर्फ प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक अरुण कुमार कुशवाह र प्रहरी जवान हेमला गुरुङ घाइते भएका छन् ।

घाईते लक्ष्मण रम्तेलको गर्धनमा चोट लागेकोले काठमाडौं ट्रमा सेन्टरमा लगिएको छ भने अन्यको उपचार जिल्ला अस्पताल मै भएको बताईएको छ ।

प्रचण्ड नेपालको केन्द्रिय कार्यक्रम अनुसार नेकपा धादिङले पनि जिल्लाका विभिन्न ठाउँहरुमा मशाल जुलुस प्रदर्शन गरेका थिए । गजुरीमा जिल्ला इन्चार्ज शालिकराम जम्कट्टेल आफैले नेतृत्व गर्नुभएको थियो भने धादिङबेसीमा भएको मशाल जुलुसको समापन गर्ने क्षणमा भने दोहोरो झडप हुन पुगेको थियो ।

सिरानबजाराबाट निस्किएको मसाल जुलुस पुछारबजार पेट्रोल पम्प पुगेर समापन गरिने कार्यक्रम नेकपाले बनाएको थियो प्रहरीले पनि त्यहि बुझेको थियो । तर मशाल बोक्ने युवाहरु पार्टीको तोकेको स्थान भन्दा पर प्रहरीको बीट तर्फ मशाल बोकर पुगेपछि प्रहरीले रोकेको थियो ।

आन्दोलनकारीले प्रहरी सँग मुठभेड गर्न थाले कार्यकर्तालाई संयमित रहन निर्देशन दिन गएका कृष्ण अर्याल र लक्ष्मण रम्तेल समेत प्रहरीको कुटाईमा घाईते हुन पुगे ।

प्रहरी थोरै थिए, भ्यान भाग्यो, हामीले कयौं भाटा हान्यौं, २ जना मात्रै हैन ५–७ जना राम्रै घाईते हुनुपर्ने हो, आफ्नो पहिलो रेकर्ड हो प्रहरीलाई चुटेको एक नेकपा कार्यकर्ताले धादिङपोष्टलाई बताए ।

घाईते रम्तेलले ट्रमा सेन्टरको उपचार पछि हिसाब किताब उचित समयमा आन्दोलन र सडक बाट हुने बताएका छन् । आफ्नो सामाजिक सन्जाल फेसबुकमा पोष्ट गर्दै रम्तेल लेख्छन्ः

प्रतिगमनकारि हरुको हिसाब किताब उचित समयमा आन्दोलन र सडक बाट हुने छ तत्कालि साहि सेनाको AK47 र m16 सङ्ग लडेल आएको जनमुक्ति सेनाको सिपाही हु हरेस खाको छैन शान्तिपूर्ण मसाल जुलुसमा प्रहरिको दमनबाट घाइते भैयौ अहिले थप उपचारको लागि राष्ट्रीय ट्रमा सेन्टर काठमाण्डौ छु ! उपचार पश्चात् थप आन्दोलनमा उच्च मनोबलका साथ सहभागी हुने प्रतिबद्दता ब्यक्त गर्दछु ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Intervention at Protest
Weapons Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
Total Injured 4
Female Injured 1
Youth Injured n/a
National/Online Media

0 Comments