Incident Reports

सामूहिक बलात्कार गर्नेलाई १० वर्ष कैद l

2014-06-19

Lumbini, Rupandehi, Devdaha

भैरहवा, असार ५ - वर्ष दिनअघि रूपन्देहीकी एक युवतीलाई सामूहिक बलात्कार गर्ने ५ अभियुक्तमध्ये ४ लाई जिल्ला अदालतले जनही १० वर्ष कैद फैसला गरेको छ । न्यायाधीश बालचन्द्र शर्माको इजलासले मंगलबार यस्तो सजाय सुनाएको हो । तिनले केरवानी २ लक्ष्मीटोलकी युवतीलाई जबर्जस्ती गरेका थिए । फैसलामा पीडितलाई १ लाख क्षतिपूर्तिसमेत गराइएको छ । कसुर गरेको ठहर गर्दै जबर्जस्ती करणी महलको ३-५ बमोजिम कपिलवस्तुको पटना २ का २४ वर्षीय विष्णु लोनिया चौहान, दाङ पुरनधारा २ का ३१ वर्षीय दिल्लीबहादुर घर्ती, रुपन्देही केरवानी २ का १९ वषर्ीय अशोक बिक र १ का ३३ वर्षीय लालबहादुर तिवारी क्षेत्रीलाई सजाय सुनाएको हो । घटनामा संलग्न आरोपित केरवानी २ का सद्दाम फकिर फरार छन् । महलको ३ (क) मा सामूहिक करणी गर्नेको हकमा ५ वर्षको कैद सजाय व्यवस्था छ । युवतीले घटनाको भोलिपल्ट ०७१ वैशाख ४ गते इलाका प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरी आधारबाट प्रहरीले ४ अभियुक्तलाई पक्राउ गरेको थियो । सामूहिक बलात्कारपछि बेहोस भएकी उनलाई दोस्रो दिन स्थानीयवासीले कपडामा रगत लत्पतिएको अवस्थामा देखेपछि लुम्बिनी अञ्चल अस्पताल पुर्‍याएका थिए । पीडितको पाठेघर च्यातिएकाले टाँका लगाइएको थियो । घटनाका दिन राति ८ बजेतिर पसलमा सामान किन्न जाँदा युवाले समातेर मुख छोपी लतार्दै लगेका थिए ।

0 Comments

Related Reports
Related Trend Analysis