Incident Reports

वीरगञ्जबाट नेकपाका १७ नेता कार्यकर्ता पक्राउ

2021-02-04

Madhes, Parsa, Birgunj

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) समुहका १७ जना नेता कार्यकर्ता वीरगञ्जबाट पक्राउ परेका छन् । नेकपाले आव्हान गरेको बन्द कार्यक्रम अनुसार बजार बन्द गराउँदै हिड्ने उनीहरुलाई वीरगन्जको विभिन्न स्थान बाट प्रहरीले पक्राउ गरेको हो ।

वीरगन्जको घण्टाघर, माइस्थान लगायतका स्थानमा बजार बन्द गराउँदै हिँड्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेकपाका वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारी, अरबिन्द सिंह, अनेरास्ववियुका केन्द्रिय सदस्य प्रभाकर गुप्ता, जुबेर आलाम, शिवम साह, विद्यार्थी नेता रामबाबु मण्डल लागायत १७ जना रहेका छन ।

पक्राउ परेका सबै जनालाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको अनेरास्ववियुका केन्द्रीय सदस्य शिवम साहले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध पार्टीको केन्द्रीय संघर्ष समितिद्वारा घोषित नेपाल बन्दको कार्यक्रम सफल बनाउन घण्टाघर पुगेका आफुहरुलाई प्रहरीले नियन्त्रमा लिएको प्रकाउ परेका अनेरास्ववियुका केन्द्रीय सदस्य गुप्ताले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 17
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments