Incident Reports

बालिकाको मृत्युपछि अस्पतालमा तालाबन्दी

2021-02-04

Gandaki, Syangja, Bhirkot, Ward 1

स्याङ्जा, भीरकोट नगरपालिका–१ स्थित कालिका सामुदायिक अस्पतालमा स्थानीयले तालाबन्दी गरेका छन् । भीरकोट–७ तिलारका यामप्रसाद खाम्चाकी पाँचमहिने छोरीको मृत्यु भएको विषयलाई लिएर स्थानीयले बिहीबार बिहानदेखि ताला लगाइदिएका हुन् ।

स्थानीय मीनप्रसाद कोइरालाका अनुसार चिकित्सकले अस्पताल पुर्‍याएको धेरै बेरसम्म पनि उपचार नगरिदिँदा बालिकाको मृत्यु भएको बताए । ‘सामुदायिक अस्पतालमा स्थानीय र राज्यको करोडौं लगानी छ,’ उनले भने, ‘सञ्चालक समिति र व्यवस्थापकको लापरबाहीका कारण अस्पतालले जनतालाई जहिलै दु:ख दिइरहेको छ ।’ 

यामबहादुरकी छोरी लोककुमारीको उपचारमा आलटाल गरिएकैले मृत्यु भएको स्थानीयको भनाइ छ । जिल्ला प्रहरीप्रमुख एसपी होविन्द्र बोगटीले स्थानीय र अस्पताल पक्षसँग वार्ता गर्न लागिएको बताए । ‘स्थानीयले चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको बताउँदै विरोध गरेका छन्,’उनले भने, ‘यता अस्पतालले बाटोमा ल्याउँदै ढिला भएको तर ल्याइसकेपछि बेलैमा उपचार गरेको बताएको छ ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports