Incident Reports

No translation available.

2014-06-19

Lumbini, Pyuthan, Gaumukhi

प्यूठान, असार ६ - प्यूठानको खुङ-७ र ८ को खालमा बिहीबार राति गएको पहिरोले तीन घरगोठ बगाएको छ । पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । प्रेमबहादुर गिरीको घर बगाउँदा २ वर्षको छोरी आयुसा गिरी, १० महिनाको छोरा आयुस गिरीको मृत्यु भएको छ । प्रेमको श्रीमती २१ वर्षकी मना गिरी गम्भीर घाइते भएकी छन् । उनको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ । ४० वर्षकी देवा भण्डारीको घर बगाउँदा उनको मृत्यु भएको छ । उनी घरमा एक्लै बस्दै आएकी थिइन् । ६० वर्षका डोमबहादुर गिरीको घर बगाउँदा उनी बेपत्ता भएका छन् । उनीसँगै रहेका श्रीमति र छोरी भने सकुसल छन् । बाटोमा हिँडिरहेका खुङ-७ का २६ वर्षीय राजु कुवँरको एक्कासी आएको बाढीसहितको पहिरोमा पुरिएर मृत्यु भएको छ । उनको शव करिब २ सय मिटिर तल सिलिविसौना भन्ने ठाउँमा फेला परेको छ । राति एक्कासी आएको बाढी सहितको पहिरोले ३ वटा घर र ७ वटा गोठ बगाउँदा त्यहाँ रहेका बस्तुभाउ, खसिबोका, लत्ताकपडा, अन्नपात सबै पुरिएको छ । ३ वटा शव बाहिर निकालिएको भए पनि डोमबहादुरको शव निकाल्ने प्रयास भइहेको छ । उद्धारमा प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना खटिएका छन् । बाढिले करिब ३० रोपनी अन्नवाली सहितको खेतियोग्य जमिन सवब पुरेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis