Incident Reports

सिन्धुलीमा प्रचण्ड–माधव समुह र ओली समुहबिच झडप

2021-02-04

Bagmati, Sindhuli, Kamalamai, Ward 6

सिन्धली, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल समुहले बिहीबार आह्वान गरेको आमहड्तालमा उल्लघंन गर्न खोज्दा सिन्धुलीमा झडप भएको छ । आम हड्तालको उल्लघंन गर्न खोज्ने नेकपा (ओली) समूह र प्रचण्ड-नेपाल समूहबिच सिन्धुलीको कमलामाई नगरपालिका ६ शान्तिनगरचोकमा प्रचण्ड–माधब समुह र ओली समुहबिच झडप भएको हाे ।

आम हड्तालको उल्लंघन गरी केपी ओली समुहका केन्द्रिय सदस्य शान्तिमान कार्की लगायतका नेता कार्यकर्ता मोटरसाइकलमा कमलामाई नगरपालिका ६, २ नम्बर बजार देखी ढुङ्गेबास जाँदै गर्दा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कमलजंग राई लगायतका नेता कार्यकर्ताविच शान्तिनगरमा झडप भएको हो ।

झडपमा संलग्न नेता कार्यकर्तालाई तत्काल पक्राउ गरी कार्वाही गर्न ओली समुहले माग गरेको छ भने भने प्रदर्शनकारी प्रचण्ड–माधव समुहले आफुहरु शान्तिपुर्ण रुपमा आन्दोलन गरिरहेको र वन्द असफल वनाई अराजक गतिविधी गर्नेलाई कार्वाहीको माग गरेको छ ।

झडपबाट थप तनावग्रस्त स्थिति सुजृना हुन नदिन जनपथ सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth unknown
Total Injured n/a
Female Injured n/a
Youth Injured n/a
Youth Raped 00
National/Online Media

0 Comments