Incident Reports

‘एमआरआर’ ग्रुपको अभियान : नेपाल खुल्ला छ, म त नेपाल बन्द खोल्न आ’को

2021-02-04

Bagmati, Kathmandu, Kathmandu

आजको नेपाल बन्दको चौतर्फी विरोधसमेत जारी छ। सामाजिक सञ्जालमा मात्र नभएर भौतिक रूपमा समेत बन्दको अवज्ञा गर्दै यसको विरोध थालिएको छ।

सामाजिक कार्यमा सक्रीय युवाहरूको सामाजिक सञ्जाल समूह मेन्स रुम रिलोडेड (एमआरआर)ले आम हड्तालको अवज्ञा गर्दै काठमाडौंका विभिन्न स्थानमा र्‍याली निकालेको छ। नेपालको झण्डासहित निकालिएको र्‍यालीमा नेपाल खुल्ला छ, म त नेपाल बन्द खोल्न आको, नेपाल बन्द सधैँको लागि बन्द गरौं जस्ता नारा लेखिएको पम्पलेट मोटरसाइकलमा टाँसिएको थियो।

उनीहरूले सवारी साधानको अभावमा समस्यामा परेका यात्रुहरूलाई आफ्नो सवारीमा लगेर गन्तव्यसम्म पुर्‍याउने कामसमेत गरेका थिए। बन्दको विकल्प खोजी यसलाई सदाका लागि बन्द गरिनुपर्ने र सर्वसाधारण जनतालाई दुःख दिने काम बन्द गर्नुपर्ने उनीहरूको माग छ।

यसअघि पनि विगतमा बन्दको बेला सामाजिक सञ्जालमार्फत् सक्रीय विभिन्न समूहले बन्दको विरोधमा उत्रिँदै आएका थिए। उनीहरूले बन्द सधैका लागि बन्द गर्नुपर्ने र आन्दोलनको विकल्प खोप्नुपर्ने उनीहरूको माग थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
National/Online Media

0 Comments