Incident Reports

रौतहट र बारामा पनि बन्दको प्रभाव, १४ जना प्रदर्शनकारी पक्राउ

2021-02-04

रौतहट ।

प्रचण्ड र नेपाल पक्षको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा बारा र रौतहटमा १४ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै जिल्लामा मुख्य बजार तथा लामो दुरीका सवारी साधन बन्द रहेको प्रहरीको भनाइ छ ।

बन्दका लागि दबाब दिँदै तोडफोडमा उत्रिएकाहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार रौतहटको गरुडामा सवारीसाधनमाथि तोडफोड तथा आगजनी गर्न खोज्ने ६ जनालाई पक्राउ गरिएको छ ।

रौतहटका प्रहरी प्रमुख एसपी सिद्वीविक्रम शाहका अनुसार रौतहट सदरमुकाम गौर, गरुडा, चन्द्रपुर, कटहरिया लगायतका बजारमा बन्दको आंशिक प्रभाव परेको छ । लामो दुरीका सवारी साधन सञ्चालन नभए पनि छोटो दुरीमा केही सवारी साधन सञ्चालन भइरहेको प्रहरीको भनाइ छ ।

उता बारा सदरमुकाम कलैया, निजगढ, सिमरा, पथलैयालगायत पनि बन्दको आंशिक प्रभाव देखिएको छ । बारामा पनि लामो दुरीका सवारी साधन सञ्चालन भएका छैनन् भने छोटो दुरीका सवारी साधन सञ्चालन भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीले सिम्रौनगढ नगरपालिकाको सरकारी नम्बरको मोटरसाइकल तोडफोड गर्ने ८ जनालाई नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिएका छन् । पूर्व–पश्चिम राजमार्गमा सवारी साधनको संख्या न्यून रहेको प्रहरीको भनाइ छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 2
Severely damaged Vehicles 1
National/Online Media

0 Comments