Incident Reports

हेटौंडामा नेपाल खुला छ भन्दै प्रदर्शन

2021-02-04

Bagmati, Makawanpur, Hetauda

हेटौंडा । प्रचण्ड-नेपाल समूहले गरेको नेपाल बन्दको विरोध गर्दै हेटौंडामा नेपाल खुला छ भन्दै प्रदर्शन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समर्थकहरुले बन्दको विरोध गर्दै प्रदर्शन गरेको हो । उनिहरुले नेपाल खुला छ भन्दै नारा लगाउँदै हेटौंडा बजारको परिक्रममा गरेका थिए ।

हेटौंडामा नेपाल बन्दको प्रभाव सामान्य:

हेटौंडामा भने समूहले गरेको नेपाल बन्दको प्रभाव सामान्य रहेको देखिएको छ । हेटौंडा बजारको मुख्य क्षेत्र बुद्धचोक,सिमा चोकबाहेक अन्य क्षेत्रका व्यापार व्यवसायहरु खुलेका छन् ।

सवारी साधनहरु चलिरहेको देखिएको छ । हेटौंडा बजारको सिमाचोकमा आमहड्ताल सफल बनाउन बिहानैदेखि प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताहरु खटिरहेका देखिएको छ ।

नेपाल बन्दको क्रममा आज दिउँसो सिमाचोक केहिबेर तनावग्रस्त समेत बनेको थियो । थप तनावग्रस्त हुने देखिएपछि हाल सो स्थानमा थप सुरक्षा बल तैनाथ गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
National/Online Media

0 Comments