Incident Reports

अज्ञात समूहको गोली प्रहारबाट घाइते मुसलमानको मृत्यु l

2014-06-19

Lumbini, Kapilbastu, Buddhabhumi, Ward 9

Nandaram Poudel अज्ञात समूहको गोली प्रहारबाट घाइते शिवराज नपा-२ कृष्णनगर निवासी ३८ वर्षीय कैशलवली मुसलमानको असार ४ गते राती उपचारका क्रममा शिक्षण अस्पताल काठमाडौँमा मृत्यु भएको छ । मुसलमानलाई पैदल गएका अज्ञात व्यक्तिले स्थानीय एक पसलमा खाजा खाइरहेको बेला असार २ गते राती गोली प्रहार गरेर भागेका थिए । उनको दाहिने कोखमा गोली लागेको र तत्काल भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका लागि लगिएकोमा असार ३ गते थप उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis