Incident Reports

मकवानपुरको थाहाका युवाहरुद्वारा बन्दविरुद्ध प्रदर्शन

2021-02-04

थाहा, नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहद्वारा आह्वान गरिएको आम हड्तालको विरुद्ध मकवानपुरको थाहा नगरपालिकाका युवाहरुले बिहीबार प्रदर्शन गरेका छन् ।

स्वतन्त्र युवा सञ्जालका सदस्यहरुले मोटरसाइकल ¥यालीसहित प्रदर्शन गरेका हुन् । ¥यालीको क्रममा उनीहरुले ‘बन्द गर्न पाइँदैन, बन्द प्रथा खारेज गर, स्वतन्त्र भएर हिँड्न पाउने कि नपाउने, बन्द सदाको लागि बन्द गरौं, बन्दको नाममा जनतालाई किन दुःख दिने’ जस्ता नारा लगाएका थिए ।

प्ले कार्डसहित निस्केको ¥याली थाहा नगरपालिकाको शिखरकोट, थानाबजार, ओखरबजार, डाँडागाउँ, घर्तिखोला, फाँटबजार हुँदै खाल्डेबजारसम्म पुगेको थियो ।

यसअघि बन्दकर्ताहरुले शिखरकोट र थानाबजारमा बन्द गराउँदै हिँडेका थिए । त्यसक्रममा उनीहरुले शिखरकोट र दोबाटोमा टायरसमेत बालेका थिए । बन्द आह्वानका कारण शिखरकोट बजार खुलेको थिएन भने थानाबजारमा आंशिक प्रभाव परेको थियो । त्यसैगरी थाहा नगरका भित्री बजारहरु खुलेका थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
National/Online Media

0 Comments