Incident Reports

दुई जना बालिका बलात्कारका आरोपित गिरफ्तार l

2014-06-17

Bagmati, Dhading, Dhunibesi

Sitaram Adhikari दुई बालिकालाई बलात्कार गर्ने एक युवकलाई प्रहरीले गिरफ्तार गरी गरेको छ । नौबिसे गाविस-४ जुगेडीका आनन्द राइलाई असार ३ गते स्थानीय दुई बालिकालाई बालात्कार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय खानीखोलाले गिरफ्तार गरेको हो । ७ र ९ वर्षीया दुई बालिकालाई असार ३ गते राईले ललाई फकाई एउटा घरभित्र लगेर बलात्कार गरेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । प्रहरीले घटना भएको दिन आरोपितलाई स्थानीयको सहयोगमा गिरफ्तार गरेकोमा असार ४ गते जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी सोही दिन जबर्जस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेको डएसपी प्रकाश मल्लले जानकारी दिए । पीडित बालिकाहरूको असार ४ गते जिल्ला अस्पताल धादिङवेशीमा स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ । आरोपितलाई जिल्ला अदालतको असार ४ गतेको आदेश बमोजिम जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । सीताराम अधिकारी

0 Comments

Related Reports
Related Trend Analysis