Incident Reports

पत्नीलाई मार्न खोजेको आरोपमा पति गिरफ्तार l

2014-06-19

Sudurpashchim, Kailali, Dhangadhi

Sur Bahadur Pariyar धनगढी नपा-३ बोराडाडीका ३५ वर्षीय नरेश विष्टले पत्नी २८ वर्षीया बसन्ती विष्टलाई पति घाँटी च्यापी मार्ने खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय, कैलालीमा असार ५ गते गिरफ्तार गरेको छ । असार ४ गते घरमा राती सुतिरहेको अवस्थामा पति नरेशले दोस्रो विवाह गर्ने अवरोध गरेको भन्दै घाँटी च्यापेर मार्ने खोजको भन्दै जिल्ला प्रहरी कार्यालयमा पीडितले असार ५ गते नै उजुरी दिएकी थिइन् । पीडित महिलाले असार ६ गते पतिका विरुद्धमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको भए पनि हाल अनुसन्धान भइरहेकोले घटना अनुसन्धानपछि मुद्दा दर्ता हुने जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी मोहनराज जोशीले जानकारी दिए । पीडित महिलाको सेती अञ्चल अस्पताल धनगढीमा असार ५ गते गरेको स्वास्थ्य परीक्षणमा घाँटीमा निलडाम भएको उल्लेख भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis