Incident Reports

गरुडामा काँग्रेसको प्रदर्शन

2021-02-06

रौतहटको मध्यभाग गरुडामा नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार तेस्रो चरणको विरोध प्रदर्शन गरेको छ ।

प्रमूख पतिपक्षी दल समेत रहेको कांग्रेसले रौतहटको गरुडामा विरोध प्रदर्शन गरेको हो । कांग्रेसका १३ विभिन्न भ्रातृ संगठनले आइतबार नै संसद् विघटनविरुद्धको प्रदर्शनमा सहभागी बन्न सबै सदस्य तथा शुभचिन्तकमा संयुक्त अपिल गरेको थियो । प्रदर्शनमा नेविसंघ, तरुण दल, महिला संघ, किसान संघसहितका १३ विभिन्न भ्रातृ संगठनहरूले नेतृत्व गर्ने कांग्रेसले जनाएको छ । उनीहरूले स्थानीय पार्टी नेतृत्वसँग समन्वय गर्दै विरोधसभा गर्ने बताइएको छ । कांग्रेसले तेस्रो चरणको आन्दोलन अन्तर्गत नै २४ माघमा शुभेच्छुक संस्थाको नेतृत्वमा र ३० माघमा सबै जिल्लामा स्थानीय पार्टी तहकै नेतृत्वमा प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ गते विरोध कार्यक्रम गरिसकेको छ ।

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments