Incident Reports

पति, सासूससुरालाई कारबाहीको माग गर्दै उजुरी l

2014-06-19

Province 1, Sankhuwasabha, Sabhapokhari

Chetu Sherpa दिदिङ गाविस-६ घर भई हाल बाह्रबिसे गाविस-६ मा बस्दै आएकी निर्मला विश्वकर्माले पति दीपक, ससुरा रत्नबहादुर र सासूले खानलाउनबाट वञ्चित गरेकोले कारबाही गर्न महिला तथा बालबालिकाको कार्यालयमा असार ५ गते उजुरी दिएकी छन् । कार्यालयले आरोपितलाई कारबाहीका लागि भन्दै असार ५ गते पीडितको उजुरी जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको जनायो । सासूससुरा र पतिले असार ३ गते अपशब्द प्रयोग गरी अमानवीय व्यवहार गर्दै खानलाउनसमेत नदिएको पीडितको उजुरीमा उल्लेख छ । एक छोरा समेत भएकाले उनले छोराको पालनपोषण र आफूलाई बाँच्नका लागि समस्या भएकाले न्याय दिलाइ दिन माग गरेका छन् । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis