Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2021-02-08

Province 1, Terhathum, Laligurans, Ward 3

लालीगुराँस नगरपालिका–३ की ४७ वर्षीया मइतरानी लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय पति नरबहादुर लिम्बूलाई  माघ २५ गते  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले घरायसी विवादका क्रममा माघ २५ गते बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन प्रहरीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई घटनालगत्तै घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

शवको पोष्टमार्टम माघ २६ गते जिल्ला अस्पतालमा गरिने र शव पीडित पक्षलाई जिम्मा दिने तयारी भएको डिएसपी थापाले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments