Incident Reports

समाजवादी पार्टीद्वारा वीरगञ्‍जमा मसाल जुलुस

2021-02-07

Madhes, Parsa, Birgunj

पर्सा : केपी शर्मा ओली सरकारले गरेको संसद् विघटनको कदमविरुद्ध समाजवादी पार्टी नेपालले वीरगञ्‍जमा मसाल जुलुस निकालेको छ। समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष राम नरेश यादवको नेतृत्वमा आइतबार मसाल जुलुस निकालिएको हो। विरोधसभामा जनता समाजवादीका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध चर्का नारासमेत लगाएका थिए। सरकारको यस कदमविरुट नेकपामै दुई धार देखिएको छ भने नेपाली कांग्रेसलगायत सम्पूर्ण पार्टीहरू सडक आन्दोलनमा छन्।प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन्। यससम्बन्धी मुद्दाको बहस सर्वोच्च अदालतमा भइरहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments