Incident Reports

नेकपा-माओवादीद्वारा जग्गा कब्जा गरी गाडिएको झण्डा हटान माग l

2014-06-18

Province 1, Khotang, Lamidanda

४७, ४८, ५८, ६१, ५९ र ६३ गरी करीब ४० रोपनी जग्गा नेकपा-माओवादीका कार्यकर्ताहरुले ०७० वैशाख २३ गते झण्डा गाडेर कब्जा गरेपछि हालसम्म पनि भोगचलन गर्न नदिई उल्टै मार्ने धम्की दिएको उजुरीमा उल्लेख छ । कब्जा जग्गामा स्थानीयहरु ४६ वर्षीय दिननाथ पाण्डे, ४७ वर्षीय तुलाबहादुर मगर, ४४ वर्षीय डिल्लीबहादुर मगर, ५२ वर्षीय रामकुमार विक र ४९ वर्षीय भवकृष्ण पाण्डेले भोगचलन गर्दै आएको र उक्त जग्गाको विषयलाई लिएर मार्ने धम्की दिएपछि आफू विस्थापित भएको उनको भनाई छ । माओवादीले जग्गा कब्जा गरेको विषयमा ०७० असार ७ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु सहित पुरानो कागजपत्र र नापी कार्यालयमा उल्लेख भएअनुसारको जग्गा भोगचलन गर्ने र सात दिनभित्र झण्डा हटाउने सहमती गरी मिलापत्र गरेकोमा डुम्रेधारापानी गाविस-७ की मेनुका निरौलाले अँधिया बालि लगाएको १० मुरी धान समेत ०७० साउन ८ गते माओवादीको आडमा उल्लेखित व्यक्तिहरुले कब्जा गरी लगेर हालसम्म पनि फिर्ता नगरेको बस्नेतले बताए । धान लुटिएको विषयमा प्रहरी प्रशासनमा उजुरी दिएको तर नेकपा-माओवादीका जिल्ला इञ्चार्ज धिरण बुढाथोकी र सेक्रेटरी सुनिल चौलागाईले ०७० साउन २६ गते विज्ञप्ति प्रकाशन गरी कृषकहरुलाई विभिन्न बाहनामा केहीकतै उजुरवाजुर गरेमा पार्टी कडा कारबाही गर्ने धम्की दिएपछि आफू सोही मितिबाट विस्थापित हुनुपरेको बस्नेतले बताए । उनले ०७० सालको मङ्सिरे धानवाली २० मुरी, गहुँ ५ मुरी र हाल लगाएको साउने धानवालीको समेत विगो भराउन माग राखेका छन् । स्थानीय कृषकहरुले कमाउँदै आएको उक्त जग्गामा स्थानीय साहु चन्द्रसिंह बस्नेतले हडपेको तथा उक्त जग्गा विवादित रहेको र विवाद समाधान नभएसम्म झण्डा नहटाउने नेकपा-माओवादीले अडान लिँदै आएको छ । गरिब व्यक्तिहरुले भोगचलन गरेको जग्गालाई बस्नेतले हडपेपछि आफूहरुले कब्जा गरेको माओवादीले जनाएको छ । उक्त स्थानमा अमिनी गएर जग्गाको नाप नलिएसम्म आफूहरुले गाडेको झण्डा नहटाउने नेकपा-माओवादीका जिल्ला सेक्रेटरी सुनिल चौलागाईले बताए । उक्त स्थानमा रहेको जग्गा ०४९ सालमा रावाखोलामा बाढी आएर खेतहरु बगर बनाएको र उक्त बगरलाई किसानहरुले खेत बिराएर धान फलाउँदै आएपछि साहु चन्द्रसिंहले किसानहरुलाई दुःखदिने गरेपछि उक्त जग्गा कब्जा गरी सँधियार किसानलाई नै उपभोग गराउँदै आएको माओवादीले जनाएको छ । यस विषयमा दुवैपक्षलाई छलफल गराई समाधान निकाल्न प्रहरीलाई बस्नेतको सक्कलै निवेदन पर्ठाईएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis