Incident Reports

प्रहरी हस्तक्षेपको बावजूद रौतहटको  ३ स्थानमा प्रचण्ड माधव समूहको मसाल जुलुस

2021-02-08

Madhes, Rautahat, Gaur

रौतहट । प्रहरी हस्तक्षेपको बावजूद प्रचण्ड माधव समूहले छुट्टाछुट्टै रौतहटको तीन स्थानमा मसाल जुलुस प्रदर्शन गरेको छ । प्रचण्ड माधव समूहका नेता कार्यकर्ताले रौतहटको सदरमुकाम गौर, चन्द्रपुर र गरुडामा सोमबार सांझ मसाल जुलुस प्रदर्सन गरेका हुन् ।   दर्जनौंको संख्यामा रहेका कार्यकर्ताहरुले ओली सरकार विरुद्ध चर्का नारा लगाउँदै मसाल प्रदर्शन गरेका थिए । तर प्रदर्शनकारीलाई प्रहरीले भने लखाट्दै हिंडेको थियो । गत ५ गते प्रधानमन्त्री ओलीद्वारा गरिएको संसद विघटन फिर्ता र संवैधानिक निकायमा भएको नियुक्त तत्काल बदर गर्नुपर्ने प्रदर्शनकारीहरुले माग गरेका थिए ।

नेकपा केन्द्रीय सदस्य समीर भट्टराईले चन्द्रनिगाहपुर र प्रदेश कमिटी सदस्य सम्भु साहले गौरमा प्रदर्शन भएको मसाल जुलुसको नेतृत्व गरेका थिए । अगामी २८ गते काठमाडौंमा हुने प्रचण्ड माधव समूहको प्रदर्शनलाई सफल बनाउन आजको मसाल जुलुसको आयोजना गरिएको बताइएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments