Incident Reports

रौतहटमा सशस्त्र प्रहरी र काठ तस्करबीच झडप

2021-02-10

रौतहटमा सशस्त्र प्रहरीको वन गस्ती टोली र काठ तस्करबीच झडप भएको छ।

रौतहटको राष्ट्रिय वन क्षेत्रमा रहेको सालको रुख अवैध रूपमा ढालेर काठ तस्करी गरिरहेको अवस्थामा तस्कर समूहलाई फेला पारेपछि सशस्त्र प्रहरीको वन गस्ती टोली र तस्करबीच झडप भएको हो। 

डिभिजन वन कार्यालय चोचाबाट खटिएको सशस्त्र वन गस्ती टोलीले अवैध रूपमा सालका रूख ढालेर तस्करी गरिरहेको बेला रोक्न खोजेपछि झडप भएको हो।

टोलीले तस्करी रोक्नका लागि हवाई फायर गरेपछि तस्करहरू काठ र साइकल छाडेर भागेको डिभिजन वन कार्यालय चोचाका प्रमुख राजेश साहले जानकारी दिए।  

वन गस्ती टोलीले रौतहटको गुजरा नगरपालिकाका वडा नम्बर २ मैढाबाट ६ थान साइकलमा लोड गरिएको झण्डै ३७ क्युफिट ६ थान सालको गोलाई नियन्त्रणमा लिएको छ।

बरामद भएको काठ र साइकल डिभिजन वन कार्यालय चोचामा राखिएको र वन गस्तीमाथि आक्रमण गर्ने तस्कर समूहको खोजी भइरहेको प्रमुख साहले जानकारी दिए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation APF
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports