Incident Reports

जोखिम भत्ता माग्दै स्वास्थ्यकर्मी आन्दोलित

2021-02-09

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 16

कास्की — कोरोनाको जोखिम भत्ता नपाएको भन्दै पोखरा महानगरपालिका–१६ स्थित बाटुलेचौरस्थित मातृशिशु अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । मंगलबारदेखि आन्दोलन थालेका उनीहरूले बुधबार पनि जारी राखेका छन् । 

आन्दोलनका कारण अस्पतालका सेवा प्रभावित भएको अस्पतालका सूचना अधिकारी लक्ष्मण पौडेलले बताए । ‘मन्त्रालयमा छलफल पनि भयो,’ उनले भने, ‘मन्त्री र सचिव दुवै जना बिरामी हुनुहुँदो रहेछ । छलफलमा कुनै टुंगो लागेको छैन ।’ उनले बुधबार केही सेवा सुरु गरिए पनि छलफलबाट निष्कर्ष ननिस्किए सबै सेवा ठप्प पार्ने बताए । 

गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षदेखि नै कोरोनामा खटिने डाक्टर, नर्स, स्वास्थ्यकर्मी सबैलाई जोखिम भत्ता दिने निर्णय गरेको थियो ।उक्त निर्णयअनुसार भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मीले विरोध गरेको पौडेलले बताए । 

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. रामबहादुर केसीले गत वर्ष कोरोनाका लागि भत्ता छुट्याइएको भए पनि यस वर्ष कुनै भत्ता आइनसकेको बताए । उनले भने, ‘यस वर्ष मन्त्रालयमा कोरोनाको कुनै भत्ता आएको छैन । अहिले विवाद भइरहेको अस्पतालमा सरकारले आइसोलेसन सेन्टर राख्ने भनेको थियो । तर, महिला, वृद्धवृद्धा र बालबालिका पनि उपचार गर्न आउने भएकाले जोखिम हुन्छ भनेर आइसोलेसन सेन्टर बनाएनौं । सेन्टर नै नभई यसै भत्ता दिने कुरा भएन ।’ 

उनका अनुसार प्रदेश सरकारले आफ्नै खर्चमा ३८ वटा आइसोलेसन सेन्टर निर्माण गरेको छ । सुरुमा सो अस्पतालले नै आइसोलेसन सेन्टर बनाउन नदिएको मन्त्रालयले जनाएको छ । केसीका अनुसार सरकारले कोरोना जोखिम भत्ता दिने निर्णय गरेपछि अस्पतालले भत्ताको दाबी गर्दै मन्त्रालयमा निवेदन दिएको छ । ‘हामीले जोखिमभत्ता नदिने भनेका छैनौं,’ उनले भने, ‘सबै जनाको सहमतिमा छलफलमा राख्छौं र निर्णय गर्छौं ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Secondary Cause Government Relief
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments