Incident Reports

कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा उजुरी l

2014-06-20

Madhes, Saptari, Hanumannagar Kankalini

Manohar Kumar Pokharel वैरवा गाविस-४ की ५० वर्षीया मैमुल खातुन र उनकी छोरी २८ वर्षीया हलिया खातुनलाई सोही ठाउँका अली हुसेन र उनका छोरा उमर हुसेनले कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा असार ६ गते इलाका प्रहरी कार्यालय कञ्चनपुरमा लिखित उजुरी परेको छ । पीडितहरू घरमा बसिरहेका बेला आरोपितहरूले बोक्सी हो भन्दै बाँसको लाठीले असार २ गते कुटपिट गरी घाइते बनाएको पीडित मैमुलका छोरा ३० वर्षीय जुदिन मियाँले आरोप लगाएका छन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरमा पीडित मैमुलका छोरा जुदिनले सोही दिन मौखिक उजुरी गरेको रिसमा असार ३ गते साँझ जुदिनलाई समेत आरोपितहरूले फलामको रडले कुटपिट गरेको उनले बताए । घाइते जुदिनको ठेलिया गाविसस्थित धर्मेश्वर अस्पतालमा उपचार भएको छ । उजुरीका आधारमा फरार आरोपितहरूको खोजी भइरहेको इन्स्पेक्टर दीपककुमार कार्कीले बताए । इन्स्पेक्टर कार्कीका अनुसार पीडितको निवेदन अनुसार असार ८ गते कञ्चनपुरस्थित स्वास्थ्य चौकीमा घाउजाँच गराइने छ । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis