Incident Reports

संसद विघटन बिरुद्ध कर्जनहा नगरपालिकामा जसपाको प्रदर्शन

2021-02-10

Madhes, Siraha, Karjanha

मधेश24,सिरहा ।

केपी शर्मा ओली नेतृत्वको नकेपा सरकारले गरेको प्रतिनिधिसभा विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपालले जिल्लाको कर्जन्हा नगरपालिकामा मशाल जुलुस निकाली प्रदर्शन गरेका छ्न । जसपाको केन्द्रीय कमिटिले देशको ७७ वटै जिल्लाको आ-आफ्नो पालिकामा विरोध प्रदर्शन गर्ने निर्णय अनुसार जसपा कर्जन्हा नगर कमिटीले बुधबार मशाल जुलुस सहित प्रदर्शन गरेको हो ।

केपी ओली सरकारले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरेको भन्दै कर्जन्हा बजार देखि जुलुस निकाली बस्तिपुर चौकमा कोन सभा गरि समापन गरिएको थियो ।कोन सभालाई सम्बोधन गर्दै जसपाको केन्द्रिय सदस्य चन्देश्वर पासवानले भने,यो देशको जनताको प्रतिनिधि बाट निर्माण भएको संविधान लाई जनसत्ता प्रभू सत्ता उपयोग गर्न जनताको अवाज उठाउने प्रतिनिधि सभा लाई यो देशकै प्रधानमन्त्रीले असंवैधानिक गैरकानुनी ढंगले गरेको संसद विघटन लाई पुनः स्थापना गर्न,जनताको हक अधिकार लिन हामी रोडमा आएको बताए । 

तेस्तै कर्जन्हा नपाकै युवा नेता प्रभात महतोले भने देशमा अब संयुक्त जन आन्दोलनको आवश्यकता रहेको छ। बिगतको जन आन्दोलन लाई यादगर्दै ०७७/०७८ मा पनि एउटा १५ दिने जन आन्दोलन गर्ने समय आइपुगे बताए । संयुक्त जन आन्दोलन फागुनको पहिलो हप्तामै हुनसक्ने संभावना समेत रहेको नेता महतोले बताए ।

प्रदर्शन कार्यक्रममा कर्जन्हा नगरपालिकाको नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janata Samajbadi Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments