Incident Reports

झाँक्रीलाई तत्काल रिहा गर्नुपर्ने माग गर्दै धनगढीमा प्रदर्शन

2021-02-11

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी: नेकपाको दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गर्न माग गर्दै धनगढीमा प्रलर्शन भएको छ। उक्त समूहले युवा संघका जिल्ला सहसंयोजक बसन्त कार्किको नेतृत्वमा धनगढीको पार्कमोडमा झाँक्रीलाई तत्काल रिहा गर्नुपर्ने माग गर्दै प्लेकार्डसहित प्रदर्शन गरेको हो। आक्रोशित प्रदर्शनकारीले सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन्।  प्रहरीले बिहीबार मध्यान्ह झाँक्रीलाई उनकै निवास शंखमुलबाट पक्राउ गरेको हो। उनलाई राज्यविरुद्धको कसुर गरेको आरोप लगाइएको छ।  राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments