Incident Reports

झाँक्रीको रिहाईको माग गर्दै हेटौंडामा प्रचण्ड-नेपालका कार्यकर्ताको प्रदर्शन

2021-02-11

Bagmati, Makawanpur, Hetauda

हेटौंडा । हेटौंडामा नेकपा प्रचण्ड-नेपाल समूहका विद्यार्थी तथा युवा नेता कार्यकर्ताहरुले नेतृ रामकुमारी झाँक्री रिहाईको माग गर्दै प्रदर्शन गरेका छन् ।

केहि समय अघि हेटौंडाको सिमाचोक र बुद्धचोक क्षेत्रमा समूहका कार्यकर्ताहरुले सरकार विरुद्ध नारा लगाउँदै नेतृ झाँक्रीको रिहाईको माग गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ झाँक्रीलाई शंमखुलबाट पक्राउ गरेको थियो ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १ मा रहेको राज्यविरुद्धको कसुर अन्तर्गतको दफा ५८ बमोजिम प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो। दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने भन्ने व्यवस्था गरिएको छ। यदी कसैले त्यसो गरेमा ७ वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुन सक्ने व्यवस्था गरिएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments