Incident Reports

भारतीय तस्करले गरे सशस्त्र प्रहरीमाथि आक्रमण, कारण यस्ताे छ

2021-02-12

Madhes, Parsa, Jagarnathpur, Ward 1

भारतीय तस्करहरुले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको छ । ओरिया खोलाको बालुवा अवैध रुपमा उत्खनन् गरिरहेको काम रोक्न खोज्दा तस्करले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको हो ।

पर्सा जगरनाथपुर गाउँपालिका– १ पिपडाढीमा ओरिया खोलाको बालुवा उत्खनन् गरिरहेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिन खोज्दा भएको झडपमा सशस्त्र प्रहरी घाइते भएका छन्।

सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको संयुक्त टोलीले अवैध रुपमा भइरहेको बालुवा उत्खननलाई रोक्न खोज्दा भारतको गदियानी भंगाहाका स्थानीयहरुले लाठी, भाठा, बेल्चा तथा ढुंगामुढा प्रहार गरेर सशस्त्र प्रहरीलाई आक्रमण गरेका थिए।

झडपमा घाइते भएका सशस्त्र प्रहरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) APF
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments

Related Reports