Incident Reports

बालिका अपहरणकारी विरुद्धमा प्रहरीले मुद्दा दर्ता गर्ने नमानेको गुनासो l

2014-06-20

Sur Bahadur Pariyar दोदोधारा गाविस-७ की १६ वर्षीया नाजमा कुरेशीलाई अपहरणमा संलग्न भएका ६ जना विरुद्ध किटानी जाहेरी दिँदा पनि जिल्ला प्रहरी कार्यालय, कैलालीले मुद्दा दर्ता गर्ने नमानेको पीडित पक्षले असार ६ गते धनगढीमा पत्रकार सम्मेलन गरी गुनासो गरेका छन् । पीडित बालिका जेठ २७ गते बौनिया बजारमा किनेमल गर्ने गएको समयमा सोही गाविसका-७ का रामबहादुर सिंह, सुरज सिंह, गंगा सिंह, मल्ल सिंह, चन्दराज अधिकारी र जग्गी बुढाले छोरी अपरहण गरेको भन्दै जेठ २८ गते प्रहरीलाई जाहेरी दिएको भए पनि कुनै सुनवाई नभएको पीडित पक्षले पत्रकार सम्मेलन गरी बताएका हुन् । आरोपितहरूलाई हालसम्म पनि प्रहरीले गिरफ्तार गरेको छैन । पीडित बालिका १२ दिनदेखि अपरहणमा परेको सूचना दिँदा पनि प्रहरीले कुनै चासो नलिएको पीडितको आरोप छ । पीडित बालिकालाई अपहरणकारीले किन अपहरण गरेको भने खुल्न सकेको छैन । बालिका अपरहण भए नभएको बारेमा प्रहरीले अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनराज जोशीले जानकारी दिए । बालिका अपहरण भएको पुष्ठि भएमा आरोपित विरुद्ध मुद्दा दर्ता हुने एसपी जोशीले जानकारी दिए । सुरबहादुर परियार

0 Comments