Incident Reports

यौन दुर्व्यवहारको आरोपमा शिक्षक विरुद्ध उजुरी l

2014-06-19

Gandaki, Lamjung, Besishahar

Krishna Prasad Adhikari कुन्छा गाविसस्थित शान्ति माविमा अध्ययनरत १६ वर्षीया एक बालिकाले असार ५ गते सोही विद्यालयका शिक्षक ४७ वर्षीय मेघनाथ पौडेल विरुद्ध यौन दुर्व्यवहारको आरोपमा प्रहरीमा उजुरी दिएकी छन् । गणित विषयका शिक्षक पौडेलले आफूलाई चैत ९ गते ट्यूसन पढाउने क्रममा यौन दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग सहित कुन्छास्थित प्रहरी चौकीमा उजुरी दिएकी हुन् । एसएलसी परीक्षाको ट्यूसन पढाउने क्रममा निरन्तर यौन दुर्व्यवहार गरेकोमा शिक्षकसँगको डर त्रास र एसएलसी परीक्षको तयारीका कारण सोही समयमा कहीँकतै उजुरी नगरेको पीडितले बताईन् । उनले शिक्षक विरुद्ध असार ५ गते विद्यालयमा समेत उजुरी दिएकी छन् । आरोपित शिक्षक पौडेल भने फरार रहेका छन् । उजुरीका आधारमा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले शिक्षकलाई दोषी ठहर गरी निष्काशन गर्ने निर्णय गरेको प्रधानाध्यापक विपीनकुमार ठाकुरले बताए । बैठकले घटनाका सम्बन्धमा जिल्ला शिक्षा कार्यालयमा जानकारी गराउने निर्णय समेत गरेको छ । कृष्णप्रसाद अधिकारी

0 Comments