Incident Reports

बलात्कारविरुद्ध छात्राहरुको प्रतिकात्मक प्रदर्शन (तस्बिरहरु)

2021-02-13

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ – बलात्कार लगायतका महिला हिंसाको विरोधमा शनिबार काठमाडौँमा विद्यार्थीहरुले मार्च पास गरेका छन्।

बागबजारस्थित पद्म कन्या बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसदेखि माइतीघर मण्डलासम्म मार्च पास गरेका हुन्।

मार्च पासमा सहभागीहरुले आँखा र मुखमा कालोपट्टी बाँधेका थिए। यस्तै बलात्कार पीडित किशोरीको पीडालाई प्रतिकात्मक रुपमा प्रदर्शन गरिएको थियो।

उनीहरुले बलात्कारी र हत्याराहरुलाई सार्वजनिक गरी पीडितलाई न्याय दिन माग गरेका छन्।

आँखामा कालोपट्टी बाँधेर विरोध प्रर्दशनमा उत्रिएका युवतीहरुले बलत्कारी हत्याराहरुलाई सार्वजनिक गर्न र पीडीतलाई न्याय दिन माग गर्दे नाराबाजी गरेका हुन् ।

उनीहरुले केही समय धर्ना समेत दिएका थिए । सेतो लुगा लगाएर कपाल फिँजाएर ब्यानरसहित अग्रभागमा तीन जना महिलाले प्रतिकात्मक रुपमा विरोध प्रर्दशन गरेका थिए ।

उनीहरुको पछाडि मुखमा कालो टेप लगाएका युवतीहरु थिए । सोही बीचमा आँखामा कालो पट्टी लगाएर युवतीहरुले महिला सुरक्षा, अपराधीलाई कारवाही र पीडीतलाई न्याय दिन माग गरिरहेका थिए ।

उनीहरुले तिम्रा कानुन चाहिँदैन छोरी मार्न पाईँदैन, बलात्कारी सरकार मुर्दावाद हत्यारालाई सार्वजनिक गर, बलात्कारीलाई फाँसी दे जस्ता नाराबाजी गरेका थिए ।

 

        

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments