Incident Reports

काठमाडौंको माइतीघर मण्डलामा आज पनि बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

2021-02-14

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं, १ फागुन । काठमाडौंको माइतीघर मण्डलामा आज शनिबार पनि बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिएको छ ।बलात्कारी हत्याराहरुलाई सार्वजनिक गर्न र पीडितलाई न्याय दिन माग गर्दै युवतीहरुले आँखामा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।

केही समय धर्ना समेत दिएका उनीहरुले आँखामा कालो पट्टी लगाएर युवतीहरुले महिला सुरक्षा, अपराधीलाई कारबाही र पीडितलाई न्याय दिन माग गर्दै आएका छन् ।

तिम्रा कानुन चाहिँदैन छोरी मार्न पाइँदैन, बलात्कारी सरकार मुर्दावाद हत्यारालाई सार्वजनिक गर, बलात्कारीलाई फाँसी दे जस्ता नाराबाजी लगाएका उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments