Incident Reports

उद्योगमन्त्री थापालाई निर्वाचन आयोगद्धारा जरिवाना l

2014-06-21

(एमाले) पार्टीको प्रचारप्रसार एवं आमसभाहरुमा सरिक भई निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन गरेको भनी उक्त निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगले जरिवाना गर्ने निर्णय गरेको हो। निर्वाचन आचारसंहिताको दफा ५९ मा नेपाल सरकारका मन्त्री तथा राजनीतिक नियुक्ति पाएका व्यक्तिले सरकारी कामका लागि भ्रमण वा निरीक्षणमा जाँदा वा जुनसुकै सरकारी काममा संलग्न रहँदा निर्वाचन प्रचार–प्रसारको काममा संलग्न हुनुहुँदैन भन्ने व्यवस्था छ। त्यसैगरी, 'निर्वाचन आयोग ऐन, २०६३ को दफा २९ मा कसैले आयोगले बनाएको आचार संहिताको उल्लंघन गरेको पाइएमा त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्न आदेश दिन सक्ने र त्यस्तो आदेशको पालना नगर्ने व्यक्ति, राजनीतिक दल, संस्था वा पदाधिकारीलाई एक लाख रुपैंयासम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ।

0 Comments

Related Reports
Related Trend Analysis