Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-11-21

Madhes, Siraha, Mirchaiya

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नपा–१० का ३२ वर्षीय ध्यानी महरालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले माघ २९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७७ मङ्सिर ६ गते झारफुकको बहानामा बलात्कार प्रयास गरेको आरोपमा मङ्सिर ९ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा पीडितले उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा मङ्सिर ९ गते भएको थियो ।

आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले बताउनु भयो ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments