Incident Reports

भागरथी भट्टलाई न्याय माग्दै काठमाडौंमा नेविसंघको प्रदर्शन

2021-02-14

बलात्कारपछि हत्या भएकी बैतडीकी भागरथी भट्टको न्यायका लागि नेविसंघले आज काठमाडौंमा प्रदर्शन गरेको छ।पद्मकन्या क्याम्पस अगाडि नेविसंघले आइतबार बिहान भागरथीलाई न्याय माग्दै प्रदर्शन गरेको हो।

भागरथीको हत्यारालाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। दोषी पत्ता नलागेसम्म शव नबुझ्ने परिवारले बताउँदै आएका छन्।विद्यालयबाट फर्केकी भागरथीको स्थानीय सामुदायिक वनमा बलात्कारपछि हत्या गरेको अवस्थामा शव फेला परेको थियो।

हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनअनुसार कारवाही प्रक्रिया अगाडि बढाउन तुलसा पन्तको संयोजकत्वमा नेविसंघले प्रदर्शन गरेको हो। 

उक्त प्रदर्शनपछि कोणसभामा नेविसंघ अध्यक्ष राजिव ढुंगानाले घटनामा संलग्नलाई सरकारले तत्काल कारवाही गर्नुपर्ने बताए।साथै महामन्त्री दीपक भट्टराईले भागरथीको हत्यारा पहिचान गरी कारवाही गर्न सरकारले नै ढिलाइ गरिराखेको त होइन भन्ने आशंका पैदा हुन थालेको बताए।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई अहिलेसम्म पक्राउ गर्न नसकेको उल्लेख गर्दै उनले यस्ता घटनालाई सरकारले गम्भीरताका साथ अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन्।

‘बारम्बार यस्ता घटना भइरहेका छन् सरकारले दोषीलाई कारवाही गरेको छैन,’ भट्टराईले भने। 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments