Incident Reports

बलात्कारविरुद्ध बक्सरहरुकाे सांकेतिक प्रदर्शन

2021-02-15

बलात्कारसहितका यौन हिंसाको विरोधमा राष्ट्रिय बक्सिङ्ग खेलाडीहरुले काठमाडौँमा सांकेतिक प्रदर्शन गरेका छन् ।काठमाडौँका बक्सिङ्ग क्लबहरुको आयोजनामा सोमबार बिहान बसन्तपुर दरबार क्षेत्रमा महिला बक्सरको सहभागितामा प्रदर्शन भएको हो ।

सहभागीहरुले महिलाहरु कमजोर छैनन् भन्ने सन्देश दिनका लागि बक्सिङ्ग कला प्रस्तुत गरेका थिए । पीडितको न्याय र बलात्कारसहितका अपराधको विरोधमा प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

बैतडीमा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएसँगै देशभर विरोध प्रदर्शन भइरहेका बेला महिला बक्सरहरुले सांकेतिक प्रदर्शन गरेका हुन् ।

         

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments