Incident Reports

एमाओवादी र एमाले कार्यकर्ताबीच बर्दियामा झडप l

2014-06-21

Lumbini, Bardiya, Badhaiyatal

गुलरिया (बर्दिया), असार ८ – बर्दिया जिल्लाको सोरहवा गाविस रामनगर चोकमा गएराति एनेकपा माओवादी र एमालेबीच झडप भएको छ । एमालेले राति प्रचारप्रसार र पैसा वितरण गरी आचारसंहिता उल्लङ्घन गरेको एमाओवादीले आरोप लगाएको छ । सोही अनुसार बेलुवामा पनि एनेकपा माओवादी र एमालेबीच राति झडप भएको छ । झडपका क्रममा एमालेका कार्यकर्ता सोरहवा गाविस सेमरा निवासी नेत्रप्रसाद सापकोटा, धधवार–३ निवासी हरि ढकाल, मोतीपुर–६ निवासी रामजी अधिकारीलाई खुकुरी, चेकबुक र भे१ज १४७६ नंं को जिपसहित प्रहरीले राति पक्राउ गरेको छ । तीनै जनालाई गाडीसहित जिल्ला प्रहरी कार्यालयमा छानबिनका लागि ल्याइएको प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis