Incident Reports

नागरिक आन्दोलनको टीयू मार्चमा प्रहरी हस्तक्षेप : प्रदर्शनकारीद्वारा त्रिवि परिसरमा धर्ना 

2021-02-15

Bagmati, Kathmandu, Kirtipur

काठमाडौँ — शैक्षिक प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनले सोमबार टियुमा गर्न लागेको 'शैक्षिक प्रतिगमन विरुद्ध टियु मार्च' मा प्रहरीले हस्तक्षेप गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबार विद्यार्थीहरुले त्रिवि परिसरमा नाट्य कार्यक्रम गर्न ल्याएका सामग्रीहरु प्रहरीले खोसेको छ ।

कीर्तिपुरको पांगा दोबाटोबाट नागरिक आन्दोलनको र्‍याली त्रिवि परिसर आउने क्रममा बीच नाटकका लागि ल्याइएको सामग्री प्रहरीले सडकबाटै खोसेपछि उनीहरु धर्नामा उत्रिएका छन् ।

उनीहरुले उपकुलपतिको कार्यालय अगाडिको सडकमा बसेर प्रहरी हस्तक्षेपविरुद्ध धर्ना दिइरहेका छन् ।'गो ब्याक प्रहरी,हाम्रो सामान फिर्ता दे' भन्दै उनीहरुले नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरुले त्रिविको भित्री सडक अवरुद्ध पार्दै नाट्य सामग्री फिर्ता गर्न माग गरिरहेका छन् ।





 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments