Incident Reports

कांग्रेसले सोमबार सिरहाको धनगढी बजारमा गरेको विरोध सभा

2021-02-15

Madhes, Siraha, Dhangadhimai

नेपाली काँग्रेसका नेता डा. प्रकाश शरण महतले अदालत र संविधान माथि विश्वास राख्नुपर्ने तर्क गरेका छन् ।

कांग्रेसले सोमबार सिरहाको धनगढी बजारमा गरेको विरोध सभामा पूर्व मन्त्री समेत रहेका नेता महतले ओली र प्रचण्डलाई जुलुस निकालेर अदालतलाई यसो गर भन्नुभन्दा राम्रो वकिल राख्न सुझाब दिए ।

‘संसद विघटनको मुद्दा अदालतमा छ, अदालतले जसको ठूलो जुलुस हुन्छ, उसको पक्षमा फैसला गर्ने होइन, जुलुस निकालेर यो गर, त्यो गर भन्नु गलत छ,’ महतले भने, ‘ माओवादीको ठूलो जुलुस हुन्छ कि ओलीको ठूलो जुलुस हुन्छ ? अदालतले त्यो हेर्दैन । त्यसो भए अदालत किन चाहियो ।

जसको जुलुस ठूलो हुन्छ, उसले भनेको माने भइगो ।’ नेता महतले अदालतलाई जुलुसबाट कराएर भन्नुभन्दा राम्रा वकिल राखेर बहस गर्न ओली र प्रचण्डलाई सुझाब दिए । उनले विचाराधीन मुद्दामा कांग्रेसले जुलुस निकालेर यो गर वा त्यो गर भनेर नभन्ने दोहोरÞयाए । अदालत जुलुसबाट प्रभावित हुन नहुने उनको तर्क थियो । ‘अदालतले संसद् पुर्नस्थापना गर्छ भने पनि हामीलाई ठीक छ, चुनावतिर जाऔँ भन्यो भने ठीक छ,’ महतले भने, ‘सबैभन्दा ठूलो भनेको जनता हो । अदालतले जनतामा जाने बाटो देखाइदियो भने पनि हामी जनतामा जान तयार छौँ ।’ अहिले नै हामीले यो वा ऊ भन्ने कुरा छैन ।’ त्यस्तै कार्यक्रमको अध्यक्षा गरेका नेपाली काङ्ग्रेसको जिल्ला सभापति तथा युवा नेता रामचन्द्र यादवले प्रदेशमा मधेसवादीको सरकार छ भने केन्द्रमा नेकपाको सरकार छ । तर विकास निर्माणका काम कछुवा गतिमा हुन्छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments