Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-02-12

Bagmati, Kabhrepalanchok, Dhulikhel, Ward 9

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका–९ का ५३ वर्षीय पूर्णबहादुर नेपालीलाई प्रहरीले फागुन २ गते घरबाटै गिरफ्तार गरेको छ ।

पीडित बालिकाको आफन्तले आरोपितले माघ ३० गते बालिकालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा फागुन २ गते आरोपितविरुद्ध दिएको उजुरीको आधारमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमारविक्रम थापाले बताउनु भयो ।

डिएसपी थापाका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण धुलिखेल अस्पतालमा फागुन २ गते गरियो ।

आरोपितविरुद्ध करणी सम्बन्धी कसुरको दफा २१९ अनुसार जबरजस्ती करणी गर्न नहुने शीर्षकमा २०७७ फागुन २ गते मुद्दा दर्ता गरी अनुसन्धान थालिएको डिएसपी थापाले बताउनु भयो ।

हिरामान लामा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments