Incident Reports

ढुंगाले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

2021-02-15

Province 1, Jhapa, Bhadrapur, Ward 7

भद्रपुरमा श्रीमानले ढुंगाले हानेर श्रीमतीको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार भद्रपुर-७ बुथकरण चिया बगानको १० नम्बर क्वार्टरमा बस्ने ५८ वर्षीय साहेबा उराउले ६० वर्षीया श्रीमती फिल्सिता उराउलाई सोमबार दिउँसो  ढुंगाले हानेका थिए।

साहेबाले सामान्य विषयमा विवाद हुँदा श्रीमतीलाई टाउकामा ढुंगाले हानेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले सेतोपाटीलाई जानकारी दिए। 

श्रीमानको ढुंगा प्रहारबाट गम्भीर घाइते फिल्सिताको मंगलबार बिहान २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारेमा स्थानीयले मंगलबार बिहान करिब साढे आठ बजेतिर मात्र प्रहरीलाई खबर गरेका थिए। 

घटनाबारेमा जानकारी प्राप्त हुनसाथ कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर श्रीमान साहेबा उराउलाई  नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले बताए। 

प्रहरीकाअनुसार श्रीमानको ढुंगा प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो। 

पक्राउ परेका श्रीमानले प्रहरीलाई दिएको प्रारम्भिक बयान अनुसार मदिराको विषयमा श्रीमान/श्रीमतीबीच विवाद भएको थियो। 

श्रीमान मदिराले मातेर लठ्ठ भएका थिए। बेसुरमा उनले श्रीमतीलाई ढुंगा हानेको हुनसक्ने प्रहरीले बताएको छ। स्थानीयका अनुसार घटनास्थलमा प्रहरी पुग्दा मृतक श्रीमतीको छेउमा बसेर रोइरहेका थिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Youth Killed n/a
National/Online Media

0 Comments