Incident Reports

प्रधानमन्त्री ओलीको कदमविरुद्ध विवेकशील साझा पार्टीको विरोध प्रर्दशन

2021-02-16

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विवेकशील साझा पार्टीले काठमाडौंमा विरोध प्रर्दशन गरेका छन् ।

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको र यसलाई सच्चाइनुपर्ने भन्दै विवेकशील साझाले मंगलबार काठमाडौंको शान्तिबाटीकामा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीले विधिको शासन कायम गर, न्यायालय मान जोगाउ लगायतका नारा लेखिएका कालो लुगा लगाएका थिए भने तराजुसहित उनीहरु प्रदर्शनमा सहभागी भएका थिए ।

केपी ओलीको निरङ्कुशता र प्रतिगमनतर्फको यात्राका विरुद्ध लगातार सङ्घर्षमा क्रियाशील हुने सो पार्टीको भनाइ छ ।

प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध १० दिनसम्म हरेक दिन अपरान्ह ४ बजे शान्तिबाटिकामा भेला भएर प्रदर्शन गर्ने विवेकशील साझाले जनाएको छ ।






Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Bibeksheel Sajha Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments