Incident Reports

अंश माग्दै पतिबिरुद्ध उजुरी l

2014-06-18

Chhetu Sherpa खराङ गाविस-१ घर भई खाँदबारी नपा-५ बस्दै आएकी मेनुकादेवी जोशीले पति नरबहादुर श्रेष्ठविरुद्ध कुटपिट र अमानवीय व्यवहार गरेकोले अंश दिलाइ दिन माग गर्दै असार ४ गते महिला तथा बालबालिकाको कार्यालयमा उजुरी दिएकी छन् । महिला तथा बालबालिकाको कार्यालयले उजुरीलाई असार ४ गते जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि सिफारिस गरेको छ । ०६३ फागुन २३ गते प्रेमविवाह भएदेखि आफूलाई पतिले नहेरेको र अपमान गर्दे आएको पीडितले उजुरीमा उल्लेख गरेकी छन् । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis