Incident Reports

टुँडिखेलमा प्रचण्ड–माधव समूहको मानव साङ्लो

2020-02-17

संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले बिहीबारदेखि चौथो चरणको आन्दोलन सुरु गरेको छ । चौथो चरणको आन्दोलनको पहिलो कार्यक्रम अन्तर्गत यो समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेरेको छ ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि चरणबद्ध आन्दोलन गरिरहेको यो समूहले माघ २८ मा काठमाडौंमा जनसभा गरेर तेस्रो चरणको आन्दोलन अन्त्य गरेको थियो । त्यसपछि फागुन १५ सम्मलाई यो समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।

संसद् विघटन असंवैधानिक भएको भन्दै यो समूहले राजधानी उपत्यका सहित देशका ठूला शहरहरुमा जनप्रदर्शन गर्दै आएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments