Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-02-17

Bagmati, Dhading, Nilakantha, Ward 4

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नीलकण्ठ नगरपालिका–४ का ४५ वर्षीय शिव अर्याललाई प्रहरीले फागुन ५ गते गिरफ्तार गरेको छ ।

फागुन ५ गते  बालिकामात्र भएको स्थानमा गएर यौन दुर्व्यवहार गर्दा बालिका चिच्याएपछि घटनाबारे थाहा भएको भन्दै पीडित बालिकाका आफन्तले सोही दिन जिल्ला प्रहरी कार्यालयमा आरोपित अर्यालविरुद्ध उजुरी दर्ता गराएका थिए ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी हिरासतमा राखेर जबरजस्ती करणी उद्योग अन्तरगत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकनाथ तिमिल्सनाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ५ गते धादिङ अस्पतालमा गरिएको छ ।

सीताराम अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments